शोधानान्तर स्थिति १ खर्बले बचतमा पुग्यो, चालु खाता पनि करिब ६० अर्बले सकारात्मक


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
शोधानान्तर स्थिति १ खर्बले बचतमा पुग्यो, चालु खाता पनि करिब ६० अर्बले सकारात्मक

चालु आर्थिक वर्षको असोजसम्ममा शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेकोमा यस वर्ष थप सकारात्मक देखिएको हो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता ५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ ।

 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad