धनतेरसलाई सुनचाँदीका ४३ हजार सिक्का बिक्री


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
धनतेरसलाई सुनचाँदीका ४३ हजार सिक्का बिक्री

काठमाडौँ — नेपालमा आन्दोलन र अनशनका लागि परिचित काठमाडौंको माइतीघरबाट करिब पाँच सय मिटरको दूरी (बबरमहल) मा राष्ट्र बैंकको टक्सार विभाग छ । त्यहाँ गत आइतबारदेखि सर्वसाधारणको निकै भीडभाड छ । नझुक्निुस्, त्यो भीड आन्दोलनको नभई उज्यालोको पर्व तिहारमा धनतेरस पूजाका लागि सुन–चाँदीका सिक्का किन्नेको हो ।

विभागका कर्मचारीलाई सिक्का बेच्न भ्याइनभ्याइ छ । सुरक्षाकर्मी पनि लाइन व्यवस्थापनमै तल्लीन देखिन्छन् । सर्वसाधारणको भीड हेर्दा लाग्छ, अर्थतन्त्रमा मन्दी छैन, यही कारण सुन र चाँदीका सिक्का किन्न सर्वसाधारण तँछाडमछाड गरिरहेका छन् ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad