विदेश अध्ययनमा बाहिरिने रकम ८३ प्रतिशतले बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
विदेश अध्ययनमा बाहिरिने रकम ८३ प्रतिशतले बढ्यो

विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम पनि वृद्धि 

काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज) मा मात्र वैदेशिक अध्ययनमा २३ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षको सोही अवधिमा यो शीर्षकमा नेपालबाट बाहिरिएको रकम करिब ८३ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक अध्ययन शीर्षकमा १२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

पछिल्ला वर्षमा विदेश अध्ययनका लागि नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ । उक्त अवधिमा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बढेसँगै सो शीर्षकमा देशबाट बाहिरिने विदेशी मुद्रा पनि बढिरहेको छ । विदेशमा अध्ययनसँगै काम र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् । गत आर्थिक वर्षमा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । ...

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad