देउखुरी (दाङ) । दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरीद विक्री भइरहेको छ । सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रू. तीन हजार एक सय ९८ र मध्यम धानको रू. तीन हजार तीन सय ६२ तोकेको भए पनि किसान भने सो मूल्यभन्दा कममा विक्री गर्न बाध्य भएका छन् ।
घोराही उपमहानगरपालिका–६ का मनोज चौधरीले गत वर्ष मोटा धान प्रतिक्विन्टल रू. दुई हजार चार सयमा विक्री गरेको र यसपालि व्यापारीसँगको सहमतिमा रू. दुई हजार सात सयमा धान विक्री गरेको बताए । उनले एक बिघा जमिनमा धानखेती गरेका छन् ।









