२३ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्वभर अर्थतन्त्रमा समस्या देखिएका बेला पनि नेपालमा लगानीको वातावरण राम्रो रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एसिया स्तरीय बैंकिङ सम्मेलनमा बोल्दै उनले नेपालको जलविद्युत क्षेत्रमा लगानी आकर्षक रहेको बताए ।
‘अन्तर्राष्ट्रिय रूपमा नै अर्थतन्त्रले एक पछि अर्को समस्या झेलिरहेको छ, जसबाट नेपाल पनि बच्न सकेको छैन, तर यस्तो अवस्थामा पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रवल सम्भावना छ’, उनले भने ।









