काठमाडौं : पछिल्लो २ सातायता अमेरिकी सेयर बजारमा निरन्तर वृद्धि देखिएको छ। अमेरिकी सेयर बजारका प्रमुख ३ परिसूचकहरु नासड्याक कम्पजटभ, एस एन्ड पी ५०० र डो जोन्स इन्डस्ट्रियल एभरेज तीनवटै परिसूचक पछिल्लो ७ कारोबार दिनमा निरन्तर बढेका छन्।
परिसूचक एस एन्ड पी ५०० अक्टोबर २७ (कात्तिक १०) को अन्तिम कारोबारपछि हालसम्म ६.४८% ले बढेको छ। कात्तिक १० मा ४११७.३६ मा बन्द भएको परिसूचक हिजोसम्म २६७.०१ अंकले बढेर ४२८२.७९ बिन्दुमा बन्द भयो ।









