विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको काटियो लाइन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको काटियो लाइन

काठमाडौँ — समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको प्राधिकरणले जनाएको छ । केही महिनायता प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई अभियानकै रूपमा चलाइरहेको छ । सोही क्रममा विद्युत् महसुल नतिर्ने करिब २१ हजार लाइन काटिएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए । असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका प्राधिकरणले जनाएको छ । विद्युत् महसुल संकलन विनियमावली, ०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad