प्रधानमन्त्री तथा मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब सहयोग गर्ने भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितको लागि एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णय भएको जानकारी दिएकी हुन्।








