सगरमाथा जलविद्युतको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १५.२१ प्रतिशतले बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सगरमाथा जलविद्युतको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १५.२१ प्रतिशतले बढ्यो

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा कम्पनीको खुद नाफा १५.२१ प्रतिशतले बढेको छ ।

जलविद्युत कम्पनीले पहिलो त्रैमाससम्ममा ५ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । यसको विद्युत बिक्रीबाट हुन् आम्दानी ४.२५ प्रतिशतले बढेर १० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad