वीरगञ्ज । सवारी वा लाइसेन्ससम्बन्धी काम लिएर यातायात व्यवस्था कार्यालय वीरगञ्जमा पुग्नेहरू प्राय: बिचौलियाको चक्करमा पर्ने गरेका छन् ।
कार्यालयको गेटअगाडि पुगेका जो कोहीलाई यस्ता बिचौलियाले काम सहज गरिदिने भन्दै अतिरिक्त रकम लिन्छन् । कतिपयले त नक्कली कागजात बनाएर ठगी गरेका घटना पनि बाहिर आएका छन् ।
अब यातायात व्यवस्था कार्यालयलाई बिचौलियामुक्त बनाइने भएको छ । उक्त कार्यालयमा मंगलवारदेखि विद्युतीय सवारी दर्ता प्रणाली (ईभीआरएस) लागू भएको कार्यालय प्रमुख कमल गौतमले जानकारी दिए ।









