एभरेष्ट बैंकले जाजरकोट भुकम्पपिडितरुको लागि भनेर प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ । उक्त रकमबाट भूकम्प प्रभावितहरूको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ ।
एभरेष्ट बैंकले १३ लाखभन्दा बढी ग्राहकहरूलाई १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एमएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै दिइरहेको छ ।









