एफपीओ कर विवाद: १६ बैंक र २ बीमा कम्पनीले सर्वोच्चमा हालेको मुद्दा 'हेर्दाहेर्दै'मा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एफपीओ कर विवाद: १६ बैंक र २ बीमा कम्पनीले सर्वोच्चमा हालेको मुद्दा 'हेर्दाहेर्दै'मा

१६ वटा वाणिज्य बैंक त्लेतहा २ बीमा कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।   सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज यस मुद्दाको सुनुवाईभएकोमा आज सुनुवाई  नसकिएपछि मुद्दालाई हेर्दाहेर्दा मै राखिएको हो । अब अदालतले यस मुद्दाको सुनुवाईको लागि अर्को मिति तोक्ने छ ।  

आज प्रधान न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टरा, प्रकाशमान सिंह राउत र  सपना प्रधान मल्लको संवैधानिक इजलाशमा यस मुद्दाको सुनुवाई भएको हो । यस अघि सर्वोच्च अदालतले असोज १७ गते यस मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो।  

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad