काठमाडौं : ब्रेन्ट क्रुड र अमेरिकी क्रुड दुवै प्रकारका तेल ३ महिनायताकै सस्तो मूल्यमा आएका छन्। मंगलबार अन्तराष्ट्रिय बजारमा ब्रेन्ट क्रुड प्रतिब्यारेल ८१.७७ डलर र अमेरिकी क्रुड प्रतिब्यारेल ७७.२२ डलरमा कारोबार भइरहेका छन्। जुन ३ महिनायताकै न्यून मूल्य हो।
ब्रेन्ट क्रुड अन्तिम पटक गत जुलाई २४ (साउन ७ ) मा प्रतिब्यारेल ८२.८५ डलरमा कारोबार भएको थियो भने अमेरिकी क्रुड पनि अन्तिम पटक जुलाई २४ (साउन ७) मै प्रतिब्यारेल ७७ डलरमा खरिदबिक्री भएको थियो। त्यसपछि भने कच्चा तेलको मूल्य निरन्तर आकासिएको थियो।









