२१ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तको समस्या समाधानका लागि गठन गरेको अध्ययन समितिले पूँजीकोष १५ प्रतिशत कायम गर्न सुझाव दिएको छ ।
मंगलबार सार्वजनिक भएको प्रतिवेदनमा पूँजीकोष अनुपात चरणबद्ध रुपमा बढाइ १५ प्रतिशत पुर्याउने सुझाव दिएको हो ।
‘लघुवित्त क्षेत्रलाई बिस्तारै समायोजनको लागि समय दिन यसप्रकारको पूँजीकोष वृद्धि गर्न आगामी ३ देखि ५ वर्षको समय सीमा दिनुपर्छ,’ अध्ययन समितिले आपफ्नो सुझावमा भनेको छ, ‘२०८२ असारमा १० प्रतिशत, २०८३ असारमा १२ प्रतिशत, २०८४ असारसम्म १३ प्रतिशत र २०८५ असारसम्म १५ प्रतिशत पुर्याउने व्यवस्था गर्न सकिन्छ ।









