भूकम्प प्रभावितका लागि चीन सरकारले थप २६ करोड दिने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
भूकम्प प्रभावितका लागि चीन सरकारले थप २६ करोड दिने

काठमाडौं । भूकम्प प्रभावितहरूको राहतका लागि चीन सरकारले थप २६ करोड रुपैयाँको सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले मंगलवार सामाजिक सञ्जालमार्फत जाजरकोट भूकम्पबाट प्रभावित बनेकाहरूका लागि थप २६ करोड रुपैयाँको सहयोग गर्ने जानकारी दिएका हुन् ।

भूकम्प प्रभावितहरूको राहतका लागि उक्त सहयोग प्रदान गरिएको उनले बताएका हुन् । यस्तै, चीनको रेडक्रस सोसाइटीले १ लाख अमेरिकी डलर भूकम्पपीडितका लागि उपलब्ध गराउने राजदूत सोङ्ले जानकारी दिएका छन् ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad