वित्तीय पहुँच नभएका तथा दुरदराजका सिमान्तकृत तथा पिछडिएकाहरुलाई वित्तीय सेवा दिन स्थापना गरिएका लघुवित्तमा फजुल खर्चको विकृति मौलाएको पाइएको छ। सेवामुलकबाट कमर्शियल बन्दै गरेकाले फजुल खर्चको बेथिति बढेको यसका जानकारहरुको भनाई छ।
पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता तथा उच्च व्यवस्थापनमा बैंक वित्तीय संस्था तथा कर्पोरेट संस्कार हुर्किदै गरेकाले फजुल खर्च बढेको देखिन्छ। लघुवित्तलाई सामाजिक बैंकिंङ भन्दा पनि व्यवसायिक बैंकिंङ सोच राख्ने व्यक्तिहरु संचालक समिति र उच्च व्यवस्थापनमा आउँदा यस्तो अवस्था बढेको विश्लेषण गरिएको छ।








