नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुले लिने प्रिमियम विस्तारै घटाउँदै लगेकाले अब व्याज दर घट्ने बताएका छन् । बैकर्स संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले नेपालमा व्याज दर घट्ने बताए ।
विदेशमा व्याज दर नघटेपनि नेपाल राष्ट्र बैंकले लागू गरेको ४ प्रतिशतको स्प्रेड दरका कारण व्याज दर घट्न अवस्था आएको छ । अध्यक्ष केसीका अनुसार अहिले बैंकहरुको औसत व्याज दर १०.०९ प्रतिशत छ । अध्यक्ष केसीले चालु आवको पहिलो त्रैमासिकमा एनपीएल बढ्दा १६ अर्ब रुपैयाँ प्रोभिजन बढेको बताए । यो अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ७ अर्ब रुपैयाँ मात्रै थियो । चालु आवको प्रथम त्रैमासिकमा १३ वटा बैंकको नाफा घटेको छ ।









