राजस्व चुहावट आरोपमा १० जनाविरुद्ध मुद्दा दायर, ११ करोड बिगो माग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
राजस्व चुहावट आरोपमा १० जनाविरुद्ध मुद्दा दायर, ११ करोड बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट आरोपमा १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले जिल्ला मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

राजस्व चुहावटको आरोप लाग्नेहरूमा मिश्रसहित सोही मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्यूटर अधिकृत कमोद तिवारी र तत्कालीन नायव सुब्बा किरणप्रसाद उपाध्याय रहेका छन् । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad