काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा कायम भएको हो ।
नेप्से बढेसँगै आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज १९९ कम्पनीको शेयर मुल्य बढेको छ भने ३२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ३५ लाख ५५ हजार ६७० कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८९ लाख २९ हजार बराबरको कारोबार भएको छ ।









