काठमाडौं । गत आर्थिक वर्ष (आव)मा ५० ओटा कम्पनीले मर्जर तथा प्राप्ति प्रक्रिया सम्पन्न गरेका छन् । मर्जर तथा प्राप्तिबाट बनेका २४ कम्पनीले कारोबार पनि थालिसकेका छन् ।
गत आवमा मर्जर तथा प्राप्ति गर्नेमा १२ ओटा बैंक छन्, जसबाट ६ कम्पनी बनेका छन् । यस्तै, १६ ओटा लघुवित्त मर्जर तथा प्राप्ति हुँदा ८ कम्पनी कायम भएका छन् ।
गत आवमा मर्जर तथा प्राप्ति गर्नेमा बीमा कम्पनी पनि छन् । उक्त अवधिमा २१ ओटा बीमा कम्पनीबीच मर्जर तथा प्राप्ति हुँदा १० कम्पनी बनेका छन् ।









