२१ असार, काठमाडौं । आफैंसँग सोध्नुस् तपाईंको मन के चाहान्छ ? विश्वकै धनी व्यक्ति र अमेजन कम्पनीका मालिक जेफ बेजोसका अनुसार यो यस्तो प्रश्न हो जसलाई कुनै पनि निर्णय गर्नुअघि हामीले आफैंलाई सोध्नुपर्छ ।
र यही सवाल उनले अमेजनको स्थापना गर्नुभन्दा २५ वर्ष अगाडि आफैंसँग सोधेका थिए । त्यस बेला उनले एकदमै राम्रो र आरामको नोकरी छोड्ने सोच बनाइरहेका थिए ।
उनी वाल स्ट्रीट इन्भेष्टमेन्ट बैंकमा काम गर्दथे । यहाँबाट राजीनामा दिएपछि उनले सिएटलमा आफ्नो बुवाको ग्यारेजबाट अमेजन सुरु गरे । र, यो सुरुवातको मिति थियो- ५ जुलाई १९९४ ।
त्यो व्याक्य, जसले जेफ बेजोसको दृष्टिकोण बदलिदियो
सन् २०१० मा प्रिन्सटन युनिभर्सिटीमा उनले एक भावुक भाषण दिएका थिए । उनले आफ्नो यात्राको बारेमा त्यहाँका विद्यार्थीहरुलाई भनेका थिए कि अमेजनको सुरुवात कसरी सुरु भएको थियो र कसरी विश्वको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी बन्यो । जेफ बेजोसले प्रिन्सटन युनिभर्सिटीबाट नै आफ्नो पढाइ पूरा गरेका थिए ।
त्यहाँ उनले आफ्नो बचपनको एक किस्सा सुनाएका थिए, जसबाट जीवनप्रतिको उनको दृष्टिकोण बदलिएको थियो । जेफ बेजोस १० वर्ष हुँदा आफ्ना हजुरबुवा-हजुरआमासँग कारको यात्रामा निस्किएका थिए । यसैक्रममा उनले मानिसको जिन्दगीमा सुर्तिको असरको लेखाजोखा गरेका थिए । उनले यो लेखाजोखा आफ्नो हजुरआमालाई भन्नका लागि गरेका थिए कि सिगरेटको कारण उनले आफ्नो जीवनको कति समय नष्ट गरिरहेकी छन् भनेर ।
उनको भनाइ सुनेर हजुरआमा रोइन् । त्यसपछि हजुरबुवाले सडक किनारमा गाडी रोके । कारबाट बाहिर निस्किए र जेफ बेजोसका लागि गाडीको ढोका खोलिदिए ।
बेजोसले भने, ‘उहाँ एक बुद्धिमान र शान्त स्वभावको हुनुहुन्थ्यो । उहाँले कहिल्यै पनि मलाई हप्काउनु भएन । तर शायद यो पहिलो पटक थियो उहाँले मलाई गाली गर्नुभयो । उहाँ चाहानुहुन्थ्यो मैले हजुरआमासँग माफी मागूँ ।’
‘मेरो हजुरबुवाले मलाई हेर्नुभयो र केहीबेरपछि स्नेहपूर्वक भन्नुभयो- जेफ एक दिन तिमीले थाहा पाउने छौ कि विनम्र हुन, एक बुद्धिमान हुनुभन्दा धेरै कठिन छ भन्ने कुरा ।’
जेफ बेजोसले त्यही बेलादेखि हरेक निर्णय मूल्यवान हुन्छ भन्ने कुरा कहिल्यै बिर्सिएका छैनन्, जुन निर्णय हामीले सुझबुझका साथ लिन्छौं ।
कठिन निर्णय








