आन्तरिक पर्यटकका लागि होटल ल्याण्डमार्कको आकर्षक अफर


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आन्तरिक पर्यटकका लागि होटल ल्याण्डमार्कको आकर्षक अफर

१९ कार्तिक, काठमाडौँ । आन्तरिक पर्यटकका लागि होटल ल्याण्डमार्ककाे आकर्षक अफर सार्वजनिक भएकाे छ । आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै होटल ल्याण्डमार्कले आकर्षक अफरहरू सार्वजनिक गरेको हो । ल्याण्डमार्कका अफरहरूमध्ये केही चाडबाड लक्षित पनि रहेका छन । चाडबाडको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकका लागि राहत दिने उद्देश्यले यस्तो अफरहरू सार्वजनिक गरिएको ल्याण्डमार्क होटलका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले जानकारी दिए ।

होटल ल्याण्डमार्कको मुख्य उद्देश्य भनेको पाहुनाहरूको सेवा रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क काठमाडौँ, पोखरा र चितवन प्रतवद्ध रहेको बताए । उनले चाडबाडको समयमा नेपालीहरूले आन्तरिक पर्यटनमा रमाउन उत्प्रेरित गर्न विभन्न प्याकेज सार्वजनिक गरिएको बताए । ल्याण्डमार्क होटल्स रिसोर्ट्स एण्ड स्पा नेपालको अग्रणी होटेल ब्रान्ड हो। यस होटल सञ्चालन गर्ने सम्राट ग्रुप अफ कम्पनी नेपालको पर्यटन क्षेत्रमा अग्रपङ्क्तिमा रहेको छ।

ल्याण्डमार्क फरेस्ट पार्क चितवनले दुई रात तीन दिनको प्याकेज सार्वजनिक गरेको छ । जुन प्याकेज नोभेम्बर ३० सम्म कायम रहने प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए । चितवनको ल्याण्डमार्कमा मजाको जंगल अनुभव गर्न पाइन्छ । होटलले सोही अनुसारको प्याकेज तयार गरेको छ । राप्ती नदीको किनारमा दुई रात तीन दिन बस्दा गैंडा र बाघलाई नजिकबाट नियाल्न पाइनेछ । स्थानीय गाउँहरू अन्वेषण गरेर जीवन्त थारु संस्कृतिमा रमाउन पाइनेछ । यस प्याकेजमा मकटेल, ब्रेकफास्ट, लञ्च, डिनर, पार्क परमिट, शेफ स्पेशल र दुई गिलास वाइन पाइन्छ ।

यस्तै ल्याडमार्क पोखराले दुई रात तीन दिनको पोखरा उत्सव प्याकेज तयार गरेको छ । जसमा मकटेल, ब्रेकफास्ट, लञ्च, डिनर, पार्क परमिट, शेफ स्पेशल र दुई गिलास वाइन समेटिएको छ । यो प्याकेज पनि नोभेम्बर ३०सम्म कायम रहनेछ । त्यस्तै ल्यान्डमार्क काठमाडौँको प्याकेजमा भव्य शैलीमा चाडपर्व मानाउन सकिने छ । काठमाडौँ शहरको मुटु दरबारमार्गमा रहेको ल्याण्डमार्कमा बिलासी आवासको मजासँगै मकटेल, ब्रेकफास्ट, लञ्च, डिनर, पार्क परमिट, शेफ स्पेशल र दुई गिलास वाइन पाइन्छ । यो प्याकेज पनि नोभेम्बर ३० सम्म नै कायम रहनेछ ।

  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad