काठमाडौं : जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा (असोज मसान्तसम्म) ४० अर्ब रुपैयाँ बढी बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको असोज मसान्तसम्मको तथ्यांक अनुसार २ वटा लघु जीवन बिमा कम्पनीसहित १६ वटा जीवन बिमा कम्पनीहरुले कुल ४० अर्ब ८० करोड ४६ लाख ८९ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।
जसमध्ये ६ अर्ब ७२ करोड २६ लाख ७३ हजार रुपैयाँ प्रथम बिमा शुल्क रहेको छ भने ३४ अर्ब ८ करोड २० लाख १६ हजार नवीकरण बिमा शुल्क रहेको छ । कुल बिमा शुक्लमध्ये २ वटा लघु जीवन बिमा कम्पनीको हिस्सा ३० लाख ७० हजार रुपैयाँ मात्र रहेको छ । यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै १० अर्ब ९५ करोड १ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।









