क्रुर अर्थशास्त्र र हाम्रो ‘राष्ट्रवाद’


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
क्रुर अर्थशास्त्र र हाम्रो ‘राष्ट्रवाद’

मानिस भावनात्मक प्राणी हो । हाम्रो चाहनाको कुनै सीमा छैन, हुनैपर्छ भन्ने पनि छैन । मान्छेको स्वाभाविक प्रकृति नै प्राप्त हुन नसकेका लक्ष्यहरू प्राप्त गर्ने कोसिस गर्नुमा रहेको हुन्छ भन्न पनि सकिन्छ । सीमित साधन स्रोतका बाबजुद असीमित चाहनाको स्थितिले गर्दा नै अर्थशास्त्रको जन्म भएको हो पनि भनिन्छ । तर, अर्थशास्त्र एउटा यस्तो विज्ञान हो जसको आफ्नै क्रुर नियमहरू छन् । यी नियमहरू र हाम्रो नैतिक मान्यता एवं चाहनाबीच कुनै तारतम्य नहुन पनि सक्छ । हामीलाई मन परेको वा न्यायोचित लागेको नीतिले ठिक उल्टो परिणाम ल्याउन सक्छ । गुरुत्वाकर्षणको नियम नबुझिकन हवाई जहाज उडाउन सकिन्न र हवाई जहाज उड्नुको अर्थ गुरुत्वाकर्षणको नियम गलत साबित भएको वा हवाई जहाजले भौतिकशास्त्रको यो क्रुर नियममाथि विजय प्राप्त गरेको भन्ने हुँदैन । अर्थशास्त्रका नियमहरू पनि यस्तै हुन्छन् । हाम्रा नीतिनियम चाहिं यस्तै एउटा हवाई जहाज हो । क्रुर अर्थशास्त्रका नियमसँग मेल नखाने नीतिनियमले हामीलाई अपेक्षित लक्ष्यमा नपु¥याउने मात्र होइन, भयंकर दुर्घटना निम्त्याउन पनि सक्छ । नेपालमा यस्तै केही दर्शन र नीति प्रचलित छन् जसका ’boutमा आज केही व्याख्या गर्ने कोसिस यस लेखमा गर्दै छु ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad