भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १३३ जनाको मृत्यु, १४० घाइते


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १३३ जनाको मृत्यु, १४० घाइते

हिँजो राती अर्थात कार्तिक १७ गते बेलुकी २११ः४७ बजे जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प थएको छ । जाजरकोटको बारेकोट–१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी क्षति पुगेको छ।

नेपाल प्रहरीको विहान १०ः३० बजेसम्मको अपडेट अनुसार मृत्यु हुनेको संख्या १३३ पुगरेको छ भने १४० जना घाइते भएका छन् । जाजरकोट जिल्लामा ९५ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । घाइतेहरु मध्य २३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । 

त्यस्तै रुकुम पश्चिम जिल्लामा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।  घाइतेहरु मध्य ३० जना डिस्चार्ज भएका छन् । ४० जना उपचारत छन् भने १५ जनालाई थप उपचराको लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको नेपाल प्रहरीेले जनाएको छ ।

  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad