चाडबाडको मुखमा अनुदान रकम पाउँदा उखु किसानलाई राहत


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
चाडबाडको मुखमा अनुदान रकम पाउँदा उखु किसानलाई राहत

१७ कात्तिक, महोत्तरी । दीपावली र छठ पर्वको मुखमा उखुको अनुदान रकम पाउँदा किसानलाई राहत मिलेको छ । यसै उसै दसैँ टार्नुपरेको आफूहरुका लागि दीपावली र छठअघि अनुदान रकम पाउँदा के केन पाएजस्तो भएको किसानले बताएका हुन् ।

जिल्लास्थित एभरेष्ट र सिद्धिविनायक चिनी उद्योगमा उखु बुझाएका महोत्तरीका किसानले अहिले उखु खेतीबापतको सरकारी अनुदान रकम पाएका हुन् ।’दसैँ कसैगरी टारियो, अब दिवाली र छठ मुखमा छन् के गर्ने होलाभन्ने चिन्ता थियो, पैसा आयो’, चाडबाडको मुखमा उखुको अनुदानबापतको रकम पाएपछि राहत मिलेको छ,’ भङ्गाहा–४ का किसान अरुण गिरीले भने, ‘मौकामा राहत मिल्यो, अब दिवाली÷छठ टारिन्छ ।’ गिरीजस्तै अन्य किसान पनि चाडवाड कसरी टारौँ भनेर बिलखबन्द परेका बेला अनुदान रकम पाइएको भन्दै खुसी व्यक्त गरेका छन् ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad