१०२ मेगावाटको मध्य भोटेकोशीको परीक्षण उत्पादन पुसभित्र


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
१०२ मेगावाटको मध्य भोटेकोशीको परीक्षण उत्पादन पुसभित्र

सिन्धुपाल्चोक — चिलिमे जलविद्युत कम्पनी मुख्य प्रवर्द्धक रहेको निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाले तीन महिनापछि उत्पादन थाल्ने भएको छ । बाढीपहिरो, भूकम्प र कोभिडका कारण अन्योलमा परेको आयोजनाले लक्ष्यभन्दा झण्डै ६ वर्षपछि निर्माण पूरा हुन लागेको हो । 

उत्पादिन विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि आयोजनाले पहिलो वर्ष २ अर्ब ९० करोड आम्दानी गर्ने छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल शिवाकोटीका अनुसार आगामी पुस मसान्तभित्र परीक्षण उत्पादन सुरु गरिनेछ । उनका अनुसार आयोजनाको सम्पूर्ण भौतिक र इलेक्ट्रोमेकानिकलको काम अन्तिम चरणमा पुगेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad