काठमाडौं । जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो त्रैमासमा करीब ४१ अर्ब बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ को पहिलो त्रैमासमा १४ जीवन बीमा कम्पनीले ४० अर्ब ८० करोड रुपैयाँ र दुई लघु जीवन बीमा कम्पनीले ३० लाख ७० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरूले आव २०७९/८० को तीन महीनामा ३५ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । आव २०७९/८० को तुलनामा आव २०८०/८१ को बीमा शुल्क संकलन १४ प्रतिशत बढेको हो ।









