काठमाडौँ — सरकारले तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । सरकारले तिहारमा अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक एवं सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए ।
त्यस्तै उनले उपभोक्तालाई चिनी वितरणका लागि प्रहरी प्रशासन परिचालन गरिएको पनि बताए । विभागले सादा पोशाकमा कालाबजारी गर्ने व्यापारीको गोदाममा छापा हानिरहेको पनि उनको भनाइ छ ।








