दर्ता नभएका मोबाइल लक हुने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
दर्ता नभएका मोबाइल लक हुने

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्नका लागि मलेसियन कम्पनीसँग सम्झौता गरेको छ। भन्सार छली गरेर आउने मोबाइल तथा देशभित्र हुने दुरुपयोग रोक्न भन्दै प्राधिकरणले उक्त सिस्टम ल्याउन लागेको जनाएको छ।

मलेसियन कम्पनी नुमेरासँग प्राधिकरणले बिहीबार ७० लाख ६६ हजार ८८८ अमेरिकी डलरमा सम्झौता गरेको हो। ओएसआइ कन्सल्टेन्सी इन्डिया र नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरसँगको सयुक्त उपक्रम (जेभी)सँग प्राधिकरणले सम्झौता गरेको प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए।

सम्झौताअनुसार अबको ६ महिनाभित्र उक्त कम्पनीले सिस्टम तयार पारिसक्ने छ।

यो सिस्टम सञ्चालन भएपछि नेपाल आउने कुनै पनि मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्नुपर्ने छ। यसरी दर्ता भएका मोबाइलको सबै रेकर्ड सिस्टमबाट निगरानी हुनेछ।

‘यसले गर्दा मोबाइलको दुरुपयोगबाट हुने काम रोक्न सहज हुने छ, त्यस्तै चोरीका मोबाइल पनि लक गर्न सकिने छ’ अर्यालले भने। अहिलेसम्म आएका मोबाइलको नम्बर इन्ट्री गरी चल्न दिइने छ। प्राधिकरणले चाहेमा दर्ता नभएका मोबाइल लक गर्नसक्ने छ।

पछिल्लो समय नेपालमा भन्सार छली मोबाइल आयात भइरहेको उजुरी प्राधिकरणमै परेको छ। यसले गर्दा सरकारले पाउने राजश्व पनि गुमेको छ। यो सिस्टम आएपछि चोरी पैठारी रोकिने अर्यालको विश्वास छ।

उजुरीका बीच सम्झौता

Read More
  • MBL - below news
  • EBL Ad news