एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको ९४ वर्षको उमेरमा निधन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको ९४ वर्षको उमेरमा निधन

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ।

एभरेष्ट बैंक लिमिटेडका संस्थापक एवं संचालक समितिका अध्यक्ष श्री विष्णुकृष्ण श्रेष्ठको कार्तिक ६ गते मेडिसिटी अस्तालमा उपचारको क्रममा असामयिक निधन भएको हो ।

श्रेष्ठको अन्त्येष्टि उनको इच्छा बमोजिम, एभरेष्ट बैंकको सहयोगमा पशुपतिमा सञ्चालनमा रहेको कम दाउराले शव जलाइने प्रविधिमा आधारीत वुडन क्रिमेटरीमा कार्तिक ७ गते सम्पन्न भएको थियो।

विगत २६ वर्ष अर्थात् २०५४ सालदेखि एभरेष्ट बैंकको अध्यक्षको रूपमा रहेका श्रेष्ठलाई गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि अध्यक्षकै रूपमा चयन गरेको थियो।

 *updated 

  • MBL - below news
  • EBL Ad news