शेयरबजारमा चेक युगको अन्त्य, घर मै बसेर लेनदेन (प्रक्रिया सहित)


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
शेयरबजारमा चेक युगको अन्त्य, घर मै बसेर लेनदेन (प्रक्रिया सहित)

नेपाल स्टक एक्चेन्ज नेप्सेले अनलाइन ट्रेडिङको सम्पूर्ण कामहरु सम्पत्न भएको बताईसकेको छ । अन्तिम कामको रुपमा रहेको बैंक इन्टिग्रेसन समेत कार्यन्वयनमा आईसकेपछि अनलाइन ट्रेडिङ पूर्ण रुपमा संचालनमा आएको हो । नेप्सेले हालसम्म ११ हजार बह्न्दा बढीले अनलाइन ट्रेडिङको लागि आईडी पासवर्ड लिएको जनाएको छ  । 

यस संगै अब शेयर लगानीकर्ताले घर मै बसेर शेयर खरिद बिक्रि गर्न सक्ने छन् । साथै शेयर खरिद गर्दा तिर्नु पर्ने पैसा पनि अनलाइनबाट नै तिर्न सक्ने छन् भने शेयर बिक्रि गर्दाको पैसा पनि सिधै लगानीकर्ताको खातामा आउने छ । यस अघि पैसा लेनदेनको लागि चेक प्रयोग गर्नु पर्ने बाध्यता रहेकोमा अब त्यो बाध्यता समेत अन्त्य भएको छ ।

नेपाल क्लियारिंङ हाउस एनसीएचएलले नेप्से र ब्रोकरहरुको सहकार्यमा कनेक्टआईपीएस मार्फत अनलाइन शेयर कारोबारको भुक्तानी अनलाइन बाटै गर्न सकिने भएको हो  । ५० वटा बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले अनलाइन भुक्तानी गर्न सक्ने छन्  । हाल एनसीएचएलको कनेक्टआपीएसमा २३ वटा बाणिज्य बैंक, १८ विकास बैंक, ९ फाइनान्स आवद्द छन । नेपाल क्लियारिंङ हाउस एनसीएचएल र ब्रोकरबीच सेटलमेन्ट लिङ्क जोडिएसँगै अनलाइन भुक्तानी सुरु भएको हो ।

कसरी लिने सेवा ? 

यसको लागि लगानीकर्ताले टिएमएस अर्थात् नेप्सेको अनलाइन ट्रेडिङ लिएको हुनु पर्छ । शेयर खरिद गरेपछि त्यहि कनेक्ट आईपीएसको अप्सन हुन्छ। सोहि अप्सनमा क्लिक गरेर लगानीकर्ताले शेयर खरिद गर्ना साथ त्यसको लागि आवश्यक पैसा अनलाइन मार्फत ब्रोकरको खातामा पठाउन सक्ने छन। 

यसको लागि लगानीकर्ताहरुसंग कनेक्ट आईपिएसमा पनि खाता हुनु आवश्यक छ ।  कनेक्ट आईपीएसको खाता अनलाइन मार्फत नै खोल्न सकिन्छ ।  तर एक पटक भने आफ्नो हस्ताक्षर भेरिफाई गर्न बैंक पुग्नु पर्छ ।  साथै आफुसंग भएको बैंकको अनलाइन बैंकिंग सेवा पनि लगानीकर्ताले लिएको हुनु पर्ने छ ।

Read More
  • MBL - below news
  • EBL Ad news