६० किलो सुन प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस पूरा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
६० किलो सुन प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस पूरा

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस पूरा भएको छ । प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले रातोपाटीलाई बताए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा अब सरकारी वकिलहरूले जवाफ दिँदैछन् । जिल्ला न्यायाधीवक्ता जनकप्रसाद घिमिरेसहित ३ जना सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् ।

Read More
  • EBL Ad news