अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले मौद्रिक छुटको बाबजुद पनि नेपालमा कर्जाको विस्तार हुन नसकेको बताएका छ। आइएमएफले बिहीबार जारी गरेको विज्ञप्तिमा यस्तो बताएको हो।
"मौद्रिक लचकताको बाबजुद पनि ब्यालेन्स सिटको व्यवस्थापन र रियल स्टेट क्षेत्रकाे सुस्तताले कर्जा बृद्धिलाई सिमित गरिरहेको छ," आइएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विगतमा भएको कर्जाको उच्च विस्तारपछि ब्यालेन्ससिटको व्यवस्थापन गर्नु परेकोले पनि कर्जा विस्तार कम भएको जनाएको छ।







