निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री डा महत


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री डा महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघिनै गरिने बताउनुभएको छ । उहाँले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ अगाडि नै भुक्तानी हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, “असार मसान्तसम्ममा ६० देखि ७० अर्ब रुपैयाँ तिरिसकेका छौँ । अब ६ देखि ७ अर्ब रुपैयाँ जति बाँकी होला त्यो भुक्तानी हुन्छ ।” 

अर्थमन्त्री डा महतले बाहिर आएजस्तो आर्थिक सङ्कट चरम नभएको बताए । केही हदसम्म समस्या भए पनि बाहिर देखिए जस्तो आर्थिक सङ्कट नभएको उनको भनाइ थियो । 

Read More
  • EBL Ad news