नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कर्जा निक्षेप अनुपात ८२ प्रतिशत भन्दा पनि तल झरेको छ ।
असोज १७ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको सिडि रेसियो ८१.९१ विन्दुमा झरेको हो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुसँग ५८ खर्ब २३ अर्ब निक्षेप रहेको छ भने ४९ अर्ब ३८ खर्ब कर्जा प्रवाह भएको छ । कुल निक्षेप मध्ये वाणिज्य बैंकहरुसँग ५१ खर्ब ४३ अर्ब निक्षेप रहेको छ भने बाकिँ विकास बैंकलगायत वित्तीय संस्थासँग ६ खर्ब ८१ अर्ब निक्षेप संकलन रहेको छ ।







