काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेका छन् । पछिल्लाे समय बजारमा मनपरी मूल्यवृद्ध भइरहेकाे, कृत्रिभ अभाव देखाएर कालाेबजारी बढेकाे र अखाद्य सामग्री जताजतै बिकाउन थालेकाे छ । यसप्रति सांसदहरूले सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकको शून्य सयमा सांसद उदयबहादुर बोहराले भने, “दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धिले समस्या भएकोे छ ।” चर्को मूल्य तिरेर पनि म्याद सकिएका अखाद्य वस्तुको बिक्रीवितरण भइरहेको जनाउँदै उहाँले सबैखाले खाद्यवस्तु सर्वसुलभ र सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।







