काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २ सय १० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (असोज १८ गते) ११ लाख १३ हजार ८ सय ५५ जनाले १ करोड ४७ लाख ६५ हजार १ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।
यो मागभन्दा १.५१ गुणा बढी आवेदन हो । कम्पनीले असोज १४ गतेदेखि आजसम्म १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको थियो ।







