प्रभु म्यानेजमेन्टद्धारा सहकारीलाई डिजिटलाइजेशन गर्ने विशेष कार्यक्रम सम्पन्न


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु म्यानेजमेन्टद्धारा सहकारीलाई डिजिटलाइजेशन गर्ने विशेष कार्यक्रम सम्पन्न

प्रभु मेनेजमेन्टले सहकारी संस्थाहरुको व्यवसायिक सफलताका लागि सहकारी संस्थाका सदस्यहरु सहित आम नेपालीलाई नगद रहित कारोवार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ हालै पोखरामा विद्युतीय वित्तिय सेवाका बारे विशेष कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सहकारी संस्थाहरुमा आधुनिक प्रविधिको प्रयोगद्वारा सेवाहरुको विस्तार गरी वित्तिय सेवामा सदस्यहरुको पहुँच बृद्धिगर्ने उद्येश्यले सहकारीहरुको भेला आयोजना गरी प्रविधिको प्रयोग बढाउन जोड दिइएको हो । 
कार्यक्रममा प्रभु मेनेजमेन्टबाट नगद रहित कारोवारका लागि अग्रसरता भन्ने लक्ष्य राखी देश तथा विदेशमा रहेका आम नेपालीलाई सरल, सुरक्षित, भरपर्दो तथा अत्याधुनिक विद्युतीय वित्तिय सेवाहरु प्रदान हुँदै आएको जानकारी गराइयो । साथै प्रभु मनि ट्रान्सफर मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा प्रदान भइरहेको, प्रभु पे मोवाइल वालेट, PCS accounting software, बहूउपयोगी विद्युतीय कार्ड सेवा, Kiosk स्वचालित भुक्तानी सेवाहरु सहकारी संस्थाहरुसँगको साझेदारीमा सञ्चालन गर्दै आइरहेको जानकारी गराइएको थियो । साथै कार्यक्रममा प्रभु इन्सुरेन्स तथा प्रभु लाईफ इन्सुरेन्सबाट सहकारी संस्थालाई बीमा सेवा उपलव्ध गराउने बारे छलफल गरीएको थियो ।

Read More
  • MBL - below news
  • EBL Ad news