सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले थाल्यो काम


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले थाल्यो काम

काठमाडौं :  सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन् ।

Read More
  • EBL Ad news