वायुसेवा निगमको ४ अर्ब ऋण तिरियाे, साना जहाज खरिद गर्दैछौं : मन्त्री किराँती


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
वायुसेवा निगमको ४ अर्ब ऋण तिरियाे, साना जहाज खरिद गर्दैछौं : मन्त्री किराँती

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ४ अर्ब ऋण तिरिसकिएकाे बताएका छन् । आफू मन्त्री भएर जिम्मेवारी सम्हालेपछि वायुसेवा निगमकाे ४ अर्ब ऋण तिरिएकाे र आगामी दिनमा नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाउन लागिएको उनले जानकारी दिएका छन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकाे बिहीबारको बैठकमा मन्त्री किराँतीले भने, 'दुई पटक गरेर ४ अर्ब ऋण तिरिसकेका छाैं । साना जहाज खरिदकाे प्रक्रियामा अगाडि बढेका छाैं ।' वायुसेवा निगमको इतिहास लामाे रहेकाे र धमिजा-लाउडा काण्ड भाेग्दै आएकाेले अवस्था जटिलता बन्दै गएकाे पनि मन्त्री किराँतीले बताए ।

Read More
  • EBL Ad news