अहिले नेपालमा उत्पादित सुपारीको निर्यातको वैधानिक बाटो बन्द छ।
निर्यातको लागि उत्पत्ति प्रमाणपत्र दिइएको छैन भने सुपारीको प्रयोग गर्ने नेपाली उद्योगलाई आयातको अनुमति दिएको छ। उनीहरूले आयातित सुपारीबाट उद्योग चलाएका छन्।
निर्यातको लागि बाटो बन्द भएपछि सुपारी किसान तथा व्यवसायीहरू अन्योलमा परेका छन्। वैधानिक कारोबार गर्न, ऋण लिन तथा सरकारले निर्यातकर्तालाई दिएका सुविधा लिन उनीहरूलाई समस्या परेको छ।
नेपालमा उत्पादन भई विदेशमा निकासी हुने सुपारीको उत्पत्ति प्रमाणपत्र जारी गर्ने व्यवस्थासम्बन्धी कार्यविधि २०६८ अनुसार गरिँदै आएको थियो। अहिले भने यो प्रक्रिया रोकिएको छ।







