धितोपत्र बोर्ड र उद्योग वाणिज्य महासंघबीच सम्झौता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
धितोपत्र बोर्ड र उद्योग वाणिज्य महासंघबीच सम्झौता

नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच बिहिबार दुईपक्षीय सम्झौता भएको छ । सम्झौतामा नेपाल धितोपत्र बोर्डका तर्फबाट अध्यक्ष रमेश हमाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष चन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।

देशभर लगानीकर्ता शिक्षा र सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो। सम्झौता अनुसार लगानीकर्ता शिक्षा र सचेतना कार्यक्रमहरू सञ्चालन गर्न धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले सहकार्य गर्ने छन् । विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर आज दुई संस्थाबीच सम्झौता भएको हो ।

Read More
  • EBL Ad news