सोसल मिडिया साइटहरु फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप बुधबार विश्वभरी नै एकाएक अवरुद्ध हुनपुग्यो विश्वका विभिन्न देशहरुमा प्रयोगकर्ताले यी सोसल मिडिया एपहरु राम्रोसँग नचलेको गुनासो गरे । यद्यपि, यी एपहरु पूर्णरुपमा बन्द नभै कतिपय फिचरहरुमा समस्या देखिएको थियो । खासगरी तस्वीर तथा भिडियोहरु लोड नहुने समस्या देखा परेको थियो । यो समस्या फेसबुकको एप तथा वेबसाइट दुबै भर्सनको न्यूजफिडका साथै इन्स्टाग्राममा पनि देखियो । ह्वाट्सएपमा समेत प्रयोगकर्ताहरुले तस्वीर तथा भिडियोहरु पठाउन तथा त्यसलाई डाउनलोड गर्नमा समस्या बेहोर्नुपर्यो । फेसबुकको मूख्य एपमा मात्र नभई मेसेन्जरमा समेत समस्या देखिएको थियो ।








