काठमाडौंः यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट टिकटको भुक्तानी connectIPS बाट गर्दा आकर्षक “उडु–उडु लाग्छ अफर” सार्वजनिक भएको छ । यस अफर अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको अनलाइन बुकिङ्ग गरी ConnectIPS मार्फत भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले रु २०० क्यासब्याक पाउनेछन् । साथै, ३ जना भाग्यशाली ग्राहकले अफरको अन्त्यमा कपल स्टेकेशन जित्न सक्नेछन् ।
क्यासब्याक अफर बुद्ध एयर प्रा.लि, सौर्य एयरलाइन्स (पी) लिमिटेड, श्री एयरलाइन्स प्रा.लि.र यति एयरलाइन्स प्रा.लि.को फ्लाइट टिकट भुक्तानीमा उपलब्ध रहेको छ । यो अफर १४ असोजदेखि ११ कार्तिक, २०८० सम्म उपलब्ध हुनेछ । एयरलाइन्सको वेब वा मोबाइल एपबाट फ्लाइट टिकटका बुकिङ गरी अयललभअतक्ष्एक् मार्फत भुक्तानी गर्ने सबै ग्राहकहरू यो अफरको लागि योग्य हुनेछन् । अफर अवधिमा हप्ता सकिएपछि ConnectIPS को वेबसाइटमा साप्ताहिक विजेताको घोषणा गरिनेछ र क्यासब्याक रकम ग्राहकले भुक्तानी गरेको बैंक खातामा जम्मा गरिनेछ ।
ConnectIPS, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो ।
ConnectIPS को वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । अयललभअतक्ष्एक् मार्फत चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भाद्र मसान्त सम्म रु. ७५१ अर्ब भन्दा बढी भुक्तानी कारोबार फछ्र्योट भइसकेको छ ।