हिमालयन बैंकले आफ्नो ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौं, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको छ।
बैंकका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम, लगायत अन्य स्थानहरुमा वस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्नेछन्।








