माछापुच्छ्रे बैंकको बुक क्लोज मिति तय, लाभांश हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकको बुक क्लोज मिति तय, लाभांश हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं : माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभा, होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे सुरु हुनेछ । उक्त सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३.३०% बोनस र कर प्रयोजनका लागि ०.७०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, आइतबार असोज ७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् । बैंकको लाभांश हात पार्नका लागि आइतबारभित्रमा सेयरधनी कायम भइसक्नुपर्ने हुन्छ । 

Read More
  • MBL - below news
  • EBL Ad news