बाँडफाँट भएको २८ दिनमा सूचीकृत भयो रिलायबल नेपाल लाइफको आईपीओ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बाँडफाँट भएको २८ दिनमा सूचीकृत भयो रिलायबल नेपाल लाइफको आईपीओ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको २८ दिनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत गराएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा साउन २३ देखि साउन २६ गतेसम्म विक्री गरेको आईपीओ साउन ३१ गते बाँडफाँट गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारण समेतको कुल ४ करोड कित्ता आईपीओ नेप्सेमा भदौ २७ गते सूचीकृत गराएको हो । 

कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ७० प्रतिशत अर्थात् २ करोड ८० लाख कित्ता र सर्वसाधारणतर्फको ३० प्रतिशत अर्थात् १ करोड २० लाख कित्ता स्वामित्व छ । सर्वसाधारणतर्फको शेयर बिहीवार सार्वजनिक बिदा परेकाले आगामी आइतवारदेखि कारोबारमा आउनेछ । 

Read More
  • MBL - below news