काठमाडौँ — गएको चार वर्षमा डलर कार्डमार्फत नेपालबाट करिब २ अर्ब रुपैयाँ बाहिरिएको छ । विदेशबाट आयातित विभिन्न वस्तु तथा सेवाबापतको अनलाइन भुक्तानीका लागि ०७७ चैतदेखि गत असारसम्म डलर कार्डबाट मात्र १ करोड ३९ लाख ६५ हजार अमेरिकी डलर (१ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ) मुलुकबाट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
कार्डमार्फत भएको भुक्तानी हेर्दा सबैभन्दा बढी सामाजिक सञ्जालमा गरिएको विज्ञापनबापतको भुक्तानीमा बाहिरिएको छ । दोस्रो धेरै रकम भुक्तानी पुस्तक, विभिन्न जर्नलहरूमा भएको देखिन्छ भने तेस्रोमा टोफेल, आईईएलटीएसलगायत विभिन्न अनलाइन अध्ययन तथा परीक्षाबापत शुल्क भुक्तानीका लागि खर्च भएको राष्ट्र बैंकले बताएको छ ।







