ग्लोबल आइएमई बैंक र भि जिइम्पेक्सबीच सम्झौता


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंक र भि जिइम्पेक्सबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भि जिइम्पेक्स (जिडब्लुएम नेपाल) बीच सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अनुसार बैंकले, भि जिइम्पेक्स तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्य दिन भित्र बैंकले नियमानुसार ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने सम्झौत भएको बैंकले जनाएको छ ।

Read More
  • EBL Ad news